हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना कार्य अन्तिम चरणमा प्रवेश गरेको छ । बाजुरा जिल्ला बाहेक १६४ निर्वाचन क्षेत्रको मतगणना कार्य सम्पन्न भएको छ ।
सो जिल्लाको पनि भोलिसम्म मतगणना कार्य सम्पन्न हुने आयोगका सहप्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए ।
हालसम्म भएको मतगणनाबाट कुन राजनीतिक दलले समानुपातिकबाट कति सिट पाउँछन् भन्ने निश्चित भइसके पनि आयोगले औपचारिक रूपमा निर्णय गरेको छैन । समानुपातिक मतगणनाबाट सबैभन्दा धेरै सिट एमालेले पाउने भएको छ ।
एमालेले ३४, कांग्रेसले ३३, माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जनता समाजवादी पार्टीले ५ र जनमत पार्टीले ४ सिट पाउने निश्चित भए पनि आयोगले औपचारिक रूपमा निर्णय गरिसकेको छैन ।